भारतलाई श्रीलंकाविरुद्धको सिरिज

Read Time = 2 mins

मुम्बई । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० आई शृंखला २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा शनिबार राती ९१ रनको सानदार जित निकाल्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो ।

जितका लागि २२९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा १३७ रनमा अल आउट भयो । श्रीलंकाका ओपनर कुशल मेन्डिसले १५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २३ तथा कप्तान दासुन शानकाले १७ बलमा २ छक्कासहित २३ रन नै जोड्नुभयो ।
भारतका अर्शदीप सिंहले २.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिनुभयो । हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव ५१ बलमा ७ चौका र ९ छक्कासहित सर्वाधिक ११२ रनमा अविजित रहनुभयो । राहुल त्रिपाठीले १६ बलमा ५ चौका र २ छक्कासहित ३५ रन थप्नुभयो ।

श्रीलंकाका दिलशान मदुशनकाले ४ ओभरमा ५५ रन खर्चेर २ विकेट तथा वानिन्दु हसरंगा र कुसुन रजिथाले एक-एक विकेट हात पार्नुभयो ।
भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा १६ रनले पराजित भएको थियो । अब तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल मंगलबार, दोस्रो बिहीबार र तेस्रो खेल आइतबार हुनेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?