युभेन्ट्सको जित, इन्टरको बराबरी

Read Time = 2 mins

मिलान । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित हात पार्दा इन्टर मिलान बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलको अन्त्यतिर डिफेन्डर डानिलोले गोल गरेपछि युभेन्ट्सले उडिनेसमाथि १-० को जित निकाल्यो ।

यस जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले एक खेल कम खेलेको एसी मिलानलाई एक अंकले पछि पारेको छ । पराजित उडिनेस २५ अंक जोडेर आठौँ स्थानमा छ ।

अर्काे खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा इन्टर मिलान घरेलु टोली मोन्जासँग २-२ गोलको बराबरीमा रोकियो । इन्टरका माटियो डारमिएन र लोउटारो मार्टिनेजले गोल गर्दा घरेलु टोली मोन्जाका प्याट्रिक सिउरियाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १०औँ मिनेटमा माटियो डारमिएनलको गोलबाट इन्टरले अग्रता लियो । एक मिनेटपछि नै प्याट्रिकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । २२औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २-१ ले अघि बढाउनुभयो । इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा डेन्जेल डमफ्रेजले आत्मघाती गोल गरेपछि खेल बराबरीमा रोकियो ।

यस बराबरीसँगै इन्टर १७ खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा छ । मोन्जा १८ अंक जोडेर १४औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?