सिलाइ व्यवसायी संंघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा राज कार्की चयन हुनुभएको छ । शनिबार सम्पन्न संघको २१औँ साधारणसभाले कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षमा उद्धब थापा मगर, सचिवमा वासु पौडेल, सहसचिवमा विनोद छिनाल, कोषाध्यक्षमा लालु बैजू, सह-कोषाध्यक्षमा रघुनाथ दास निर्वाचित हुनुभएको छ । सदस्यमा भीम दर्नाल, दीपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरूपा थापा, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, पार्वती भट्टराई, नवीन नेपाली र आयुश परियार रहनुभएको संघले जनाएको छ ।

सो अवसरमा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, महासंघका उपाध्यक्ष ईश्वर नेपाली, सचिव सरोज कटुवाल, बागमती प्रदेश संयोजक जितबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?