बलिउडका नायिका प्रधान चलचित्र

Read Time = 7 mins

काठमाडौं । बलिउडमा सधैं नायकको नै वर्चस्व हुने गर्दछ । सोहराब मोदीदेखि लिएर राजकपुर, देव आनन्द हुँदै धर्मेन्द, अमिताभ र अहिलेसम्म तीन खान रहेका छन् । सधैं नायकको वर्चश्व रहँदै आएको छ । बलिउडका चलचित्रमा पटकथा र कथामा सधैं नायकलाई नै हावी गराइन्छ । चलचित्र निर्माता, निर्देशक र कथा-पटकथाकारले सधैं नै नायिकालाई दोयम दर्जामा राखेका हुन्छन् ।

उनीहरूको सोचमा चलचित्रको सफलताका लागि नायकको नै हात रहन्छ । नायिका केवल ‘बार्बी डाल’जस्तै हो । जसको काम केवल नायकसँग गीत गाउनु, नाच्नुमात्र हो । तर, अब समय फेरिएको छ । बलिउडमा अब नायिकाको मुख्य भूमिकामा चलचित्र निर्माण हुन थालेका छन् । नायिकाको भुमिका दह्रोसँग लेखिन थालेको छ र फिल्माइएको पनि छ । केही समय पहिला सार्वजनिक भएको चलचित्र ‘द डर्टी पिक्चर’, ‘क्वीन’, ‘मर्दानी’, ‘मैरी काम’, ‘पीकू. . .मस्तानी’ यसका केही उदहारण हुन् । यी चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गर्नुका साथै धेरै पुरस्कार पनि हात पार्न सफल रहे ।

बलिउडका चलचित्रमा पटकथा र कथामा सधैं नायकलाई नै हावी गराइन्छ । चलचित्र निर्माता, निर्देशक र कथा–पटकथाकारहरूले सधैं नै नायिकालाई दोयम दर्जामा राखेका हुन्छन् । उनीहरूको सोचमा चलचित्रको सफलताका लागि नायकको नै हात रहन्छ । नायिका केवल ‘बार्बी डाल’ जस्तै हो । जसको काम केवल नायकसँग गीत गाउनु, नाच्नुमात्र हो । तर, अब समय फेरिएको छ ।

द डर्टी पिक्चर
परिवर्तनको सुरुवात गर्ने अभिनेत्री रहनुभयो विद्या बालन । जसले बायोपिकको सुरुवात गर्नुभयो । उहाँले अभिनय गरेको चलचित्र ‘द डर्टी पिक्चर’मा दक्षिणकी सुप्रसिद्ध अभिनेत्री सिल्क स्मिताको जीवनलाई पर्दामा खरो रूपमा उतार्नुभयो । उहाँको अभिनयको तारिफसँगै चलचित्रले बक्स अफिसमा एक सय करोडभन्दा धेरैको ब्यापार ग¥यो । नायिका प्रधान चलचित्रमा आज पनि उहाँ पहिलो र एकल हुनुहुन्छ जो एक सय करोडको क्लबमा समावेश छ ।

क्वीन
पाहिलो चलचित्र ‘गैंगष्टर’बाट बलिउडमा आउनुभएकी हिमाचल प्रदेशको सानो गाउँकी कंगना रनौतले ‘बी’ ग्रेडका नायकसँग काम गर्दै स्वयंलाई सुपर बनाउनुभयो । उहाँले हरेक भूमिका यस्तो जीवन्त गर्नुभयो कि जसले आज उहाँलाई यो स्थान प्राप्त भएको छ । विकास बहलको चलचित्र ‘क्वीन’मार्फत उहाँले दर्शकमाझ जुन आफ्नो छाप छोडन सफल हुनुभएको छ त्यो यतिकै मेटिने खालको छैन । पहिलो ‘फैशन’, फेरि ‘क्वीन’ र पछि ‘तनु वेड्स मनु रिटन्र्स’का लागि भारतको राष्ट्रिय पुरस्कार पाउने यि अभिनेत्रीले समकालीन तरिकाहरूलाइै धेरै पछाडि छोडनुभएको छ ।

मर्दानी
शाहरूख, सलमान र आमिर खानसँग रोना धोना र गीत गाउनेका दृश्यहरूमा आफूलाई सिमित बनाउनुभएकी रानी मुखर्जीलाई एक दशकसम्म चलचित्रमा काम गरे पछि यो महसुस भयो कि यि चलचित्रले उहाँलाई चाहेजस्तो सफलता दिँदैनन् । आफ्नो सोचलाई पूरा गर्न उहाँले आफ्ना श्रीमान्को चलचित्र ‘मर्दानी’मा यस्तो भूमिका निभाउनुभएको कि जुन चलचित्रले उहाँलाई चाहेजस्तो सफलता दिलायो । पूरै नायिका प्रधान यो चलचित्रलाई प्रदीप सरकारले निर्देशन गर्नुभएको थियो ।

मैरी काम
सौन्दर्य प्रतियोगिता जितेपछि बलिउडमा आउनुभएकी नायिका प्रियंका चोपडा एक दशकभन्दा धेरै समयदेखि बलिउडमा हुनुहुन्छ । उहाँले हलिउडमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । नायिका सँगसँगै खलनायिका बनेर पनि उहाँले दर्शकको वाहवाही पाउनुभएको छ । तर, उहाँलाई चलचित्र ‘मैरी काम’ले जस्तो सफलता अरूले दिन सकेका छैनन् । ओलम्पिक पदक विजेता महिला बक्सरको जीवनमा आधारित यो चलचित्रबाट उहाँले धेरै नै वाही वाही बटुल्न सफल हुनुभयो । यस चलचित्रमा नेपाली कलाकार सुनिल थपाको पनि सशक्त अभिनय देख्न सकिन्छ । आज प्रियंका बलिउडमा मात्र सिमित नभएर हलिउडसम्म पनि चर्चा कमाउन सफल रहनुभएको छ ।

‘पीकू. . .मस्तानी’
शाहरूख खानसँग बलिउडको सफर सुरु गर्नुभएकी दिपीका पादुकोण धेरै चलचित्रमा काम गरे पनि चर्चामा आउन सक्नुभएन । तर, पछिल्ला चलचित्रले उहाँलाई ए ग्रेडका चलचित्रमा राम्रो नायिकाका रूपमा स्थापित गराएको छ । यसको सुरुवात उहाँले संजय लीला भंसालीको ‘गोलियों की रासलीला-रामलीला’बाट सुरु गर्नुभयो । त्यस्तै ‘पीकू’ र फेरि ‘मस्तानी’ले उहाँलाई शसक्त नायिकाको रूपमा स्थापित गराएको छ । एजेन्सीको सहयोगमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?