गैरकानुनी अनलाइन कारोबार रोक्न प्राधिकरणको निर्देशन

Read Time = 1 min

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले साइट बन्द गर्न लागेको हो ।

विधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको जनाइएको छ ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?