इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्ने

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । एयरलाइन्सले साप्ताहिक उडान गर्ने समबन्धमा सैद्धान्तिक सहमति भइसकेकोे इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनुभयो ।

‘१ माघदेखि सातामा एक उडान गर्ने भन्नबारे सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘कुन बार, कति बजे उडान हुने निश्चित गर्न नेवानिका कर्मचारी इलाम आउँदैछन् ।’ यस विमानस्थलमा प्रारम्भमा तारा एयरले नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो ।

तर, यात्रु नपाएको भन्दै ताराले उडान निकाल्यो । त्यसपछि इलाममा उडान भएको छैन । नेपाल एयरलाइन्सको जहाज संचालकका लागि इलाम नगरपालिकाले पहल गरेको हो ।

इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेवानिलाई यहाँ उडान गर्न आह्वान गरिएको थापाले बताउनुभयो । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उहाँको भनाइ छ ।

यो विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । काठमाडौं इलामको उडान करिब १ घण्टाको रहेको छ । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?