हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
जिल्ला अस्पताल हुम्लाका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीको पहलमा नेपाल सरकार स्वास्थ्य विभागले १५ लाख ६५ हजार ९६ रुपैयाँको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालय हुम्ला मार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको पहलमा गर्भवतीले पाउने सेवालाई थप प्रभावकारी बनाउनका लागि भिडियो एक्सरे मेसिन आइतबार खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखालाई सहयोग गरिएको हो ।
भिडियो एक्सरे, स्वाव परिक्षण मेसिन, प्रिन्ट मेसिन लगायतका सामाग्री व्यवस्थापन समितिका अध्यक्ष भण्डारी, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सहितले खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामाग्री प्राप्त भएसंगै खार्पुनाथ गाउँपालिकाले यस अघि दिँदै आएको स्वास्थ सेवामा थप प्रभावकारी हुने र उक्त स्वास्थ्य सामाग्रीले चेकजाँच गर्न आउने गाउँपालिका भरिका गर्भवती महिलाको पेटमा रहेको वच्चा उल्टो सुल्टो के कस्तो अवस्थामा रहेको छ, बच्चा गर्वमा सुरक्षित छ वा छैन भन्ने गाउँपालिकामै पत्ता लगाउन सकिने खार्पुनाथ स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताउनुभयो ।
यसअघि गर्भवती महिला गर्भ जाँच (भिडियो एक्सरे) का लागि सदरमुकामका जिल्ला अस्पतालमा धाउनु पर्ने बाध्यता थियो ।
भिडियो एक्सरे यसअघि जिल्लाको अदानचुली, स्वास्थ्य सेवा कार्यालय र नाम्खा गाउँपालिकामा भित्रिसकेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका