सप्तरी । सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
मृत्यु हुनेमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुवै युवकको घटनास्थलमै मृत्युु भएको हो। आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका-११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेका दुईवटा मोटरसाइकल ठोक्किँएका थिए ।
दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएको बताइएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका