हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले चार महिनापछि खाद्यान्न बिक्री वितरण सुरु गरेको छ । आइतबारदेखि ढुवानी अनुदानको खाद्यान्न बिक्री सुरु गरिएको हाे । यस वर्षको कोटाको खाद्यान्न ढुवानी भएर आएपछि बिक्री गर्न मिल्ने गरी मौज्दात हुँदा शाखाले बिक्री सुुरु गरेको हाे ।
असोजमा दसैँका लागि खाद्यान्न बिक्री गरिएको थियो । भने त्यसयता खाद्यान्न मौज्दात न्यून हुँदा शाखाले सूचना नै निकालेर लामो समय खाद्यान्न बिक्री बन्द गरेको भएपनि आइतबार देखि सुरु गरिएको लिमिटेड शाखा हुम्लाका सुब्बा नविन आर्चायले बताउनुभयो ।
शाखाको गोदाममा आठ सय क्विन्टल मौज्दात रहेको र दैनिक डेढ देखि दुुई सय क्विन्टल खाद्यान्न हवाईमार्गबाट ढुवानी भइरहेका कारण बिक्री सुुरु गरिएको हो । आइतबार सुुरु भएको खाद्यान्न बिक्री कार्य माघ ६ गतेसम्म जारी रहनेछ । शाखाअन्तर्गत तीन हजार दुुई सय ग्राहकका लागि एक पटक बिक्री गर्न तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्छ । परिवार संख्या हेरी उपभोक्ताले चारदेखि ७० केजीसम्म खाद्यान्न पाउने गर्छन् । बास्मतीलगायत खाद्यान्न बिक्री भइरहेको शाखाले जनाएको छ । प्रतिव्यक्ति शाखाले चार केजीका दरले वितरण गरिरहेको छ ।
सर्वसाधारणले दसैँमा खाद्यान्न पाए पनि तिहारमा समेत पाएका थिएनन् । यस वर्षको निर्धारित कोटाको खाद्यान्नमा सुर्खेतबाट ६ हजार, नेपालगञ्जबाट दुुई हजार र पैदल मार्गको सलीसल्लाबाट दुई हजार क्विन्टल खाद्यान्न हवाईजहाज र हेलिकोप्टरबाट ढुवानी हुँदा बिक्री गर्न मिल्ने मौज्दात भएपछि बिक्री गरिएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका