अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

रासस
रासस
Read Time = 2 mins

तनहुँ । अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका-६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताउनुभयो । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको र केही बङ्गुर बिरामी भएको उहाँले जानकारी दिनुभयो । अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म भ्याक्सिन बनेको छैन ।

“गतवर्ष काठमाडौँंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो । अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन् ।

साथै उक्त सङ्क्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बङ्गुर मरेका छन् । पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “यस रोगको प्रकोपका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज