हवाई भाडा घट्यो

तस्बिरः रासस

Read Time = 1 min

काठमाण्डौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ-सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ-भद्रपुरमा रु छ सय, काठमाडौँ-विराटनगरमा रु चार सय ८५, काठमाडौँ-जनकपुरमा रु दुई सय ६०, काठमाडौँ-भरतपुरमा रु दुई सय १५ र काठमाडौँ-पोखरामा रु तीन सय २० भाडा घटेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?