सरकार बन्नु र ढल्नु प्रतिगमन नभएर अन्यत्रबाट सरकार ढाल्नु चाहिँ प्रतिगमन हो : केपी ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनु भएको छ ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनु भयो ।

आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्ने जोड दिनुभयो ।
साथै एमाले अध्यक्ष ओलीले विगतमा भएको प्रतिनिधि सभा विघटनको बचाउ गर्दै जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गर्नुभयो ।

प्रतिनिधि सभा विघटन प्रतिगमन हो भने संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको बताउनु भयो । उहाँले संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन नभएर अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन भएको बताउनु भयो । कुठाउँबाट सरकार बनाउनेमा जानु नहुने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?