भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ : रवि लामिछाने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गर्नुभएको छ ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहनुभएका उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गर्नुभयो ।

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उहाँले बैठकमा भन्नुभयो ।
जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उहाँले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खोलिदिन विपक्षी दलसँग आग्रह गर्नुभयो ।

भ्रष्टाचारका फाइल खोल्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उहाँले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई आग्रह गर्नुभयो ।

भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उहाँले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गर्नुभयो ।

सो क्रममा उहाँले आफ्नो दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताउनु भयो । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?