नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डको दोस्रो संस्करण हुँदै

Read Time = 1 min

काठमाडौं । नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डको दोस्रो संस्करण हुने भएको छ । अनुराधा फिल्मस् इन्टरनेसनल प्रालिको आयोजनामा आगामी शुक्रबार राजधानीमा यो अवार्डको दोस्रो संस्करण हुन लागेको हो । सौन्दर्यकर्मी, फेसन मोडल तथा फेसन डिजाइनरका लागि अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक कमिटीका संयोजक सूर्य चन्दले बताउनुभयो ।

सौन्दर्यकला क्षेत्रमा ब्युटिसियन अवार्डको महत्वलाई फराकिलो बनाउँदै सम्पूर्ण सौन्दर्यकर्मीको मनोबल उच्च बनाइ यसलाई उद्योगको रूपमा स्थापना गर्ने उद्देश्यले अवार्डको आयोजना सुरु गरिएको चन्दको जिकिर छ । अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पु¥याएका सौन्दर्यविद्, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिने तथा सौन्दर्यकला क्षेत्रमा कलम चालउने पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?