रजनीको स्वरमा ‘तिम्रो मेरो मायाको’

Read Time = 1 min

काठमाडौं । रजनी सुन्दासको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मायाको’ सार्वजनिक गरिएको छ । इन्दिरा चोङ्बाङको शब्द षडज लिम्बूको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा कुशल गुरुङ र नयन गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । आफूलाई भन्दा बढी माया गर्ने मायालुले आफ्नो प्रेमीको लागि सर्मपण गरेको मायाको भावलाई भिडियोमा कलात्मक शैलीमा निर्देशक तुला पर्वतले देखाउनुभएको छ ।

मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा गायक तथा संगीतकार समेत रहनुभएका निर्देशक तुलाकै सम्पादन छ । भिडियोलाई तुलाले नै छायांकन गर्नुभएको हो । साधना म्युजिक इज लाइफ नाकम च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोको प्रमुख उत्पादक कुशल गुरुङ हुनुहुन्छ भने उत्पादक साधना परिवार हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?