रुद्रलाल समाजसेवा पुरस्कार ८० वर्षे मोक्तानलाई

Read Time = 2 mins

काठमाडौं । प्रदेश १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थरूपमा समाजसेवामा जीवन अर्पित गर्ने ८० वर्षीय मनु मोक्तानलाई आइतबार रुद्रलाल समाजसेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी-रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान प्रदान गर्नुभएको हो ।

उहाँ बिरामी रहेका कारण नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले सम्मान ग्रहण गर्दै उहाँको घरमा पु¥याइदिने बचन दिनुभएको थियो । सो अवसरमा गैरसरकारी संस्था महासंघका सल्लाहकार एवं प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक रिलेन्टलेस जर्नीको लोकार्पण गरिएको थियो । कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मी प्रा. कपिल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह, मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान, अमेरिकाका लागि नेपाली पूर्वराजदूत डा. अर्जुन कार्कीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?