घट्यो हवाई भाडा

Read Time = 2 mins

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटाएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि संघले पनि हवाई भाडादर घटाएको हो । निगमले आन्तरिकतर्फ २० र बाहृयतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको थियो । दूरीअनुसार अधिकतम् आठ सय ८५ रुपैयाँदेखि न्यूनतम एक सय ८० रुपैयाँसम्म हवाई भाडादर कायम गरिएको छ ।

धनगढीको सबैभन्दा बढी आठ सय ८५ रुपैयाँले हवाई भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा छ सय ८५ रुपैयाँले घटेको छ भने काठमाडौं–भद्रपुरमा छ सय, काठमाडौं-जनकपुर दुई सय ६०, काठमाडौं-भरतपुर दुई सय १५, काठमाडौं-पोखरा तीन सय २०, काठमाडौं-भैरहवा चार सय १०, काठमाडौं-नेपालगञ्ज छ सय ५५, काठमाडौं-तुम्लिङटार तीन सय ७०, काठमाडौं-सिमरा एक सय ८०, काठमाडौं-सुर्खेत छ सय ९० र काठमाडौं-राजविराज चार सय ११ रुपैयाँले घटेको छ ।

नयाँ भाडादरपछि काठमाडौं-धनगढीको भाडादर १६ हजार एक सय ४० रुपैयाँ कायम भएको भने काठमाडौं-सुर्खेत १४ हजार तीन सय पाँच, काठमाडौं–भद्रपुर १२ हजार तीन सय ५५, माउन्टेन उडानमा १४ हजार दुई सय पाँच र काठमाडौं-नेपालगञ्ज १३ हजार तीन सय २५ रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?