पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा गरौँ : नोटमा उनको तस्वीर राखौँ

Read Time = 19 mins

✍️ मणि शर्मा

नेपाल राष्ट्रको स्थापनामा विभिन्न राजवंशहरूको योगदान छ । समयममा राज्य कमजोर हुँदा विभिन्न क्रमामा विभाजित भएको नेपाललाई एकीककरण गर्ने सुरुवात पृथ्वीनारायण शाहले गरेका थिए । त्यसैले उनलाई राष्ट्रनिर्माताको रूपमा हामीले चिन्दछौँ । बागमती नदी किनारमा रहेको एउटा ढुंगामा कैली गाईले सधैँ दूध चढाएको देखेर एकजना गोपालकले त्यस ढंगालाई उत्खनन् गर्न खोज्दा त्यहाँबाट निस्केको अलौकिक प्रकाशले गोपालक भष्म भए । यो घटनापछि ने मुनिले ती गोपालकको पुत्रलाई पशुपतिनाथको स्थापना गर्न लगाई नेपाल राष्ट्रको स्थापना, राज्य व्यवस्थाको सूत्रपात गरी व्यवस्थित बस्ती बसाल्न लगाए ।

भुक्तमान भन्ने भुक्तगोप नेपाल खाल्डोका पहिलो शासक बने । इतिहासकारहरूले मथुरा, बृन्दावनबाट श्रीकृष्णसँग ती गोपहरू काठमाडौं आएको हुनसक्ने भनेका छन् । तर, यति टाढा पैदल तिनीहरू कसरी आउन सके ? यिनीहरू मिथिलाको गोपालक हुन सक्छन् । जो गाई चराउँदै यहाँ आइपुगेको हुन सक्छ । यस नेपाल राज्यको सीमा पूर्वमा दूधकोशी, पश्चिममा त्रिशूली, दक्षिणमा चित्लाङ र उत्तरमा गोसाई कुण्डसम्म थियो । त्यस बेला नेपालमा शिव सभ्यता थियो ।

राज्य कमजोर हुँदै जाँदा स्वतन्त्र राजा रजौटाहरूको जन्म भयो र नेपालको सीमा साँघुरियो । यही सीमालाई एकीकरण गर्न पृथ्वीनारायण शाहले सुरु गरेका थिए । यिनको निधनपछि एकीकरणको महायज्ञ बहादुर शाहको नेतृत्वमा गयो ।

यसपछि महिषपालहरू काठमाडौंमा आएर राज्य जिते । यिनीहरू पनि गोपालहरू जस्तै चन्द्रवंशी थिए । दुवै पशुपालक हुन् । ऐतिहासिक पुरुष यलम्बरले काठमाडौं उपत्यकामाथि आक्रमण गरेर महिषपाल वंशको अन्त्य गरी शासन सत्ता आफ्नो हातमा लिए । यो महाभारतकालीन शासन भएको बेला हो । गौतम बुद्ध र मगधमा चन्द्रगुप्त मौर्यको पालासम्ममा किरात वंशको शासन नेपालमा थियो । किरातकालीन शासन पूर्वका दुई शासन व्यवस्थाभन्दा व्यवस्थित थियो । शासन व्यवस्था राजतन्त्रात्मक भए तापनि विकेन्द्रित थियो । अड्डा अदालतहरू, कुथर, सुल्तनी, लिगवन्त, मापचोक जस्ता राज्य सञ्चालनका निकाय थिए ।

नेपालमा परराष्ट्र सम्बन्धको स्थापना किरात कालमा भएको थियो । दक्षिणतिर मगध साम्राज्यमा शासकहरूसँग किरात राजाहरूले द्वैद सम्बन्ध कायम गरेका थिए । मगधसँग लुगाफाटा, ऊनको उत्पादनलगायतको व्यापार थियो । यो कुरा कौटिल्यको अर्थशास्त्रमा छ । नेपालको उनलाई उनले सर्वश्रेष्ठ भनी राजाको भण्डारमा हुनुपर्छ भनेका छन् । त्यस कालमा कोलीय, लिच्छवि, शाक्य, विदेह, मल्ल आदिहरूको शरणस्थल नेपाल बनेको थियो । यस कालमा नेपालको सामाजिक तथा आर्थिक अवस्था सबल थियो । यलम्बर महाभारतको युद्धमा कमजोरको पक्षमा भाग लिन गएको थाहा पाएपछि छल गरी श्रीकृष्णले उनको टाउको काटेर लिएको र युद्ध समाप्तिपछि यलम्बर जसको अर्को नाम बर्बरिक पनि थियो त्यहाँबाट उडेर काठमाडौं आई आकाश भैरवको रूपमा यहीँ बसे ।

कालीकोटका वैवश्वस्त मनुका नाति इच्छ्वाकुका छोरा निमीलाई अयोद्धापुरीबाट निर्वासित गरी सदानीरा अर्थात् गण्डकी नदीभन्दा पूर्वतिर पठाइएको थियो । गण्डकी पूर्वको दलदल भूमिलाई कडा परिश्रम गरी बस्ने लायक बनाएका थिए उनले । त्यसपछि बस्ती बसाले । आफूले बस्नेयोग्य बनाएको त्यो भूमिमा राज्य सञ्चालन गरी राजसूय यज्ञ गर्न खोजे तर वशिष्ठ ऋषि बहाना बनाएर पन्छिए । त्यसपछि गौतम ऋषिद्वारा उनले यज्ञ सम्पन्न गराए ।

गौतम ऋषिबाट यज्ञ सम्पन्न गराएकोमा वशिष्ठ ऋषिले उनलाई देहरहित हुने श्राप दिए । गौतम ऋषिले निमीलाई उद्धार गर्न उनको देहको मन्थन गराए । मन्थनबाट जन्मिएको शिशुको नाम मिथि राखे । यसमा ‘ला’ प्रत्यय जोडेर उक्त ठाउँलाई मिथिला भनियो । यसलाई विदेह पनि भनियो र तीनतिरबाट नदीले घेरेकोले तिरहूत वा त्रिभुक्ति पनि भनियो । यसबाट पनि हिमवत्खण्ड नेपाल कति पुरानो देश हो भन्ने प्रमाणित हुन्छ ।

किरातहरूपछि लिच्छवीहरूले नेपालमाथि आक्रमण गरेर जिते र यहाँ लिच्छिविहरूको शासन व्यवस्था लागू भयो । लिच्छवि शासनकालमा शासन व्यवस्था विकेन्द्रित थियो । गाउँहरूलाई धेरै अधिकार दिएको थियो । अजातशत्रुले वैशालीमाथि आक्रमण गरी लिच्छवीहरूलाई लखेटेका थिए । यिनीहरूको शासनकाल ई.पू. दुई सय वर्षदेखि सुरु भई आठ सय वर्षसम्म राज्य चलाएका थिए । यिनीहरूको पालामा केन्द्रीय, प्रादेशिक तथा स्थानीय शासन व्यवस्था, न्याय व्यवस्था र सैनिक प्रबन्ध व्यवस्थित तथा वैज्ञानिक थियो । पहिलोपटक राजा मानदेवको पालामा मुद्राको प्रचलन नेपालमा भएको थियो । चीन र दक्षिणसँग द्वैद सम्बन्ध भई सन्तुलित विदेश नीति थियो । यिनीहरूको शासनकालमा कृषि, पशु र विभिन्न खालको उत्पादनका कामहरू भएका थिए । साहित्य, कला, मूर्तिकला, भवन निर्माण आदिको विकास भएको थियो । यिनीहरूकै पालामा नेपालमा पहिलो पल्ट करको व्यवस्था भएको थियो ।

लिच्छविकालीन तेह्रौं राजा वृषभदेवको पालामा उनकी छोरीको विवाह मगधका गुप्तवंशीय राजा चन्द्रगुप्तसँग भएको थियो । उनका छोरा समुन्द्रगुप्तको शासनकालमा पनि नेपाल र मगधको सम्बन्ध सुदृढ थियो । त्यसबेला नेपालको सीमा पूर्व कामरूप (असम, पश्चिममा कश्मीर, उत्तरमा तिब्बत र दक्षिणमा गंगा नदीसम्म थियो । नेपालको यो सीमा छैंटौं शताब्दीसम्म थियो । पछि राज्य कमजोर हुँदै जाँदा स्वतन्त्र राजा रजौटाहरूको जन्म भयो र नेपालको सीमा साँघुरियो । यही सीमालाई एकीकरण गर्न पृथ्वीनारायण शाहले सुरु गरेका थिए । यिनको निधनपछि एकीकरणको महायज्ञबहादुर शाहको नेतृत्वमा गयो ।

यिनकै पालामा दरबारभित्रको आपसी द्वन्द्व, त्यसपछि राजा रणबहादुरको ऐयाश बानी र भीमसेन थापाको असहयोगले राष्ट्र एकीकरणको महायज्ञ अधुरो मात्र रहेन, एकीकरण गरेको ठूलो भूभाग पनि गुमाउनु पर्‍यो । राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय जसलाई दरबारले पत्याएको थियो, उनीहरूकै कारण सुगौली सन्धि भयो र मेचीपारिको टिष्टा नदीसम्म र महाकालीपारिका सतलज नदीसम्मको भूभाग नेपालले अपमानपूर्वक गुमाउनु पर्‍यो । शायद यसमा कतै पृथ्वीनारायण शाहको गल्ती पनि थियो ।

उनलाई प्रतापंिसंह शाह विलासी स्वभावका भएकाले कान्छा छोरा बहादुर शाहलाई राजा घोषणा गर्न सल्लाह दिइएकोमा थिति बिग्रिने डरले उनले प्रतापसिंह शाहलाई नै राजा बनाए । जसको घाटा देशले भोग्नु प¥यो । बहादुर शाह जस्तो वीर योद्धा तथा देशभक्त राजा भएको भए आज नेपालको नक्सा अर्कै हुने थियो । सुगौली सन्धि त टाढाको कुरा थियो । कहिलेकाँही शासकको अदूरदर्शिताले मुलुकले ठूलै मूल्य चुकाउनुपर्छ ।

राजनीतिक रूपमा पृथ्वीनारायण शाहको योगदान विशिष्ट नै छ र सांस्कृतिक रूपमा उनको योगदान अमूल्य छ । काठमाडौं विजयपछि उनी राजा भएपछि प्रचलित परम्परालाई मान्दै उनले कुमारीको पूजा गरेका थिए । गोर्खाली सेनाको नारा नै उनले जय गोरख जय काली राखेका थिए । शिवको अंशको रूपमा अवतरण भएका गुरु गोरखनाथको कृपाले उनले राज्य एकीकरण सुरु गरेका थिए भने यसको सांस्कृतिक अर्थ यो देश शिव र शिवाको हो । शिव र शिवाको शक्तिले सम्पन्न यो मुलुक विश्वकै प्राचीनतम र विश्वगुरु भएको देशको रूपमा चिनाएका थिए । इण्डियालाई आफ्नो उपनिवेश बनाउन सकेका अंग्रेजले नेपाललाई आफ्नो उपनिवेश बनाउन नसक्नु पनि शिव र शिवाको कृपाले नै हो ।
कश्मिरदेखि कामरूपसम्म र तिब्बतदेखि गंगासम्म फैलिएको यो मुलुक केन्द्रीय सत्ता कमजोर हुँदा विभिन्न टुक्रामा विभाजित भएको थियो । त्यसैलाई एकीकरण गर्न पृथ्वीनारायण शाहको जन्म भएको थियो । बीस वर्षको उमेरदेखि बत्तीस वर्षसम्म युद्धमै संलग्न भइरहँदा उनको स्वास्थ्य कमजोर हुँदैगयो र कम उमेरमा मृत्युवरण गर्नु पर्‍यो । नेपालका लागि यो दुर्भाग्य हो ।

मुलुकको अस्तित्वलाई समाप्त पार्न यहाँकै शासकवर्गले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने उदाहरण जयप्र्रकाश मल्ल र बुद्धिकर्ण राईलाई लिन सकिन्छ । पृथ्वीनारायण शाहको एकीकरण यज्ञलाई रोक्न जयप्रकाश मल्ले अंग्रेजलाई बोलाएका थिए । तर, पृथ्वीनारायण शाहले अंग्रेज र मुसलमान आक्रमणकारीहरूलाई सिन्धुलीगढीबाट माथि आउन दिएनन् । यदि अंग्रेज काठमाडौं पसेको भए नेपाल बेलायतको उपनिवेश बन्ने थियो र आज इण्डियाको एउटा प्रान्तमा परिणत हुनेथियो । पृथ्वीनारायण शाहले गर्दा नेपाल आदि कालदेखि अहिलेसम्म विश्वकै प्रथम स्वतन्त्र राष्ट्रका रूपमा विद्यमान रहन सफल भएको हो ।

जयप्रकाशपछि नेपालको अस्तित्वलाई समाप्त पार्न खोज्ने अर्को एउटा खलपात्र थिए । विजयपुर राज्यका मन्त्री बुद्धिकर्ण राई । विजयपुर तथा चौदण्डी राज्यको प्रचलन अनुसार राजा सेनवंशी र मन्त्री राईलिम्बु हुने प्रचलन थियो । बुद्धिकर्ण अत्यन्त महत्वाकांक्षी थिए । उनले सिक्किमी सेनालाई बोलाएर राजा कामदत्तराज सेनको हत्या गरी शासन आफ्नो हातमा लिए । उनी विलासी स्वभावका थिए । महँगा हात्तीमा शयर गरी मोजमस्ती गर्ने उनको बानी थियो । उक्त राज्यको हर्ताकर्ता त बुद्धिकर्ण राई बने तर राज्य अहिले जस्तो राजाविहीन भयो ।
राज्य कमजोर भएपछि शत्रुले आक्रमण गर्ने नै भए । सिक्किमले टिष्टा र मेची तरी तराईको कन्काई र पहाडको तमोरसम्म नेपालको भूमि कब्जा गर्‍यो । जसरी अहिले इण्डियाले हाम्रो भूमि कब्जा गरी रहेको छ । शासकवर्ग कुर्सीस्वार्थमा चूप छन्, जनताको आवाजलाई दबाएर राखिएको छ । पृथ्वीनारायण शाहले किरातीहरूलाई उनीहरूको रीतिथिति, परम्परा, जग्गाको भोगचलनको हकअधिकार दिएर सहमतिबाट किरात राज्यदेखि टिष्टासम्म नेपालको सरहद कायम गरेका थिए ।

इण्डियन नोटमा गान्धीजीको र अमेरिकी डलरमा जर्ज वासिंटनको तस्वीर हुनसक्छ भने हाम्रो नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर किन राख्न सकिँदैन ? विश्वका अनेक मुलुकमा आफ्नो राष्ट्र निर्माताहरूको तस्वीर राख्ने प्रचलन छ, हाम्रोमा किन यसो गर्न नसकिने ?

नेपाल एकीकरणमा विभिन्न वंशका राजाहरूको पनि योगदान छ । पाल्पाली राजा मुकुन्द सेनले कछाडैकछाड सम्पूर्ण तराई भूभाग, पूर्वी पहाडसमेत आफ्नो राज्य विस्तार गरी नेपाल एकीकरण गरेका थिए । उनले हिन्दूपतिको उपाधि धारण गरेका थिए । पाल्पादेखि टिष्टासम्मको भूभागलाई हिन्दूपतिको देश भनेर चिनिन्थ्यो तर उनका छोरा, भतिजाहरूले यो ठूलो भू-भागलाई बाँडचुँड गरी लिएकाले यो विशाल भूभाग एकीकृत भएर रहन सकेन । यसलाई एकीकृत गरी राख्न पृथ्वीनारायण नै चाहियो ।

कुनै बेला सल्यान राज्यको सीमा पाटनदेवीदेखि हाल इण्डियाको गोण्डासम्म थियो । यसअघि नेपालको सीमा हाल इण्डियाको पश्चिमी चम्पारणको नटेश्वरसम्म थियो । मल्लकालमा यक्ष मल्लले पूर्वमा बंगाल र दक्षिणमा गंगासम्म नेपालको सीमा एकीकरण गरेका थिए । चौबीस टुक्रामा विभाजित नेपाललाई एकीकरण गर्ने राष्ट्रपिता पृथ्वीनारायण शाहको योगदानलाई बिर्सने नेपाली नै हुन सक्दैनन् । नेपाली अनुहारका अनेपालीहरूले पृथ्वीनारायण शाहलाई विस्तारवादी भन्ने गरेका छन् । राज्यविस्तार र एकीकरण अलग अलग कुरा हो । कुनै राजा वा शासकले आफ्नो राज्यबाहिर रहेका राज्यहरूलाई जितेर आफ्नो राज्यमा मिसाउँछ भने त्यो राज्यविस्तार नीति हो वा विस्तारवादी शासक हो ।

तर, पृथ्वीनारायण शाहले आपसी कलहले विशाल राष्ट्रलाई टुक्राटुक्रा गरी शासन गरिरहेका शासकहरूलाई पराजित गरी राष्ट्रलाई एक सूत्रमा बाँध्नेलाई राज्यविस्तार भन्न मिल्दैन, यो त राष्ट्र एकीकरण हो । स्वदेशी आँखाले हेर्नेलाई यो राष्ट्र एकीकरण र विदेशीले हालिदिएको आँखाले हेर्नेलाई यो राज्यविस्तार हो । राज्यविस्तार भएको भए यो देशको नाम गोर्खा हुनुपर्ने हो र गोर्खाली संस्कृतिलाई मात्र अंगीकार गर्नुपर्ने हो ।

अन्त्यमा राप्रपाको दबाबले यसपालि २०६३ सालपछि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकीकरण दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक विदा दिएको छ । यस दिनलाई सरकारबाट राष्ट्रिय पर्वको रूपमा धुमधामसँग मनाउनुपर्छ । राष्ट्रनायकलाई सम्मान गर्न पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषित गर्दै नेपाली रुपैयाँमा उनको तस्वीर राख्नुपर्छ । इण्डियन नोटमा गान्धीजीको र अमेरिकी डलरमा जर्ज वासिंटनको तस्वीर हुनसक्छ भने हाम्रो नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर किन राख्न सकिँदैन ? विश्वका अनेक मुलुकमा आफ्नो राष्ट्र निर्माताहरूको तस्वीर राख्ने प्रचलन छ, हाम्रोमा किन यसो गर्न नसकिने ? यसबारे सरकारले चाँडै नै निर्णय लिने कि !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?