यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ ६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

रोपियन युरो एक रुपैयाँ ३६ पैसाले घटेको छ । यसकोे खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीमा १४० रुपैयाँ ९४ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४० रुपैयाँ ५८ पैसा र बिक्री १४१ रुपैयाँ ३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरमा ९० रुपैयाँ नाघेको छ । यसको खरिदमूल्य ९० रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २५ पैसामा कारोबार भैरहेको छ । यसअघि, सोमबार खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५ रुपैयाँ १५ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ५ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५५ पैसा र बिक्रीमा १० रुपैयाँ ६० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८४ पैसा र बिक्रीमा १६ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३५० रुपैयाँ ३७ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?