डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा बढ्दै गएका छन । डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका छन ।

चालु आर्थिक वर्ष देखि हालसम्म जिम्मेवारी सरी आएकासहित ९२ मध्ये २७ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको र ति मध्ये १० वटा फर्छ्यौट भएको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश बालकृष्ण वाग्लले जानकारी दिनु भएको छ ।

सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग, श्रीमानश्रीमती बिचको असमझदारी, अनैतिक सम्बन्ध र महिलाहरू कानूनी रुपमा सचेत हुनु , कानूनी सहजता र प्रकृयागत सहजता जस्ता सकारात्मक र नकारात्मक कारणहरु रहेको न्यायाधीश वाग्लले बताउनुभयाे ।

‘नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको संख्या बढिरहेको छ,’ वाग्लले भन्नुभयाे नयाँ मुलुकी संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि सम्बन्ध विच्छेद गर्ने पुरुषका समेत निवेदन आइरहेका छन ।

यस बाहेक चालु आर्थिक वर्षको अहिलेसम्म चेक अनादरका १२ मुद्दा मध्ये २ फर्छ्यौट, जबरजस्ती करणीका ७ मध्ये ६ फर्छ्यौट, लेनदेन सम्बन्धी पनि ७ वटा मुद्दा मध्ये १ मुद्दा मात्रै फर्छ्यौट, सवारी ज्यानका ५, जवरजस्तीकरणी उद्योगका ४, घरेलु हिंसा, बालयौन दुरुपयोग, हातहतियार खरखजाना र कर्तव्य ज्यानका ३/३ वटा ठगी, मोटरसाइकल चोरी, नाबालक जिम्मा लगाई पाउँ, लिखित सम्झौता, दुष्कृति, इज्जत आमदअनुसार खानलाउन, हाडनाता करणी, वकसपत्र बदर गरिपाउँ, नकवजनी चोरी, आत्यहत्या दुरुत्साहन र लागूऔषधका एक/एक गरि २३ प्रकारका मुद्दा परेका छन ।

अदालतमा विशेष प्रकारका निवेदन पनि पर्ने गरेका छन । मृत्युको न्यायिक घोषणाका ९ वटा निवेदन परेका छन । जसमध्ये ४ वटा फर्छ्यौट भएका छन ।

जिल्ला अदालत डडेल्धुराको तथ्यांकअनुसार २०७९/८० को पछिल्लो ६ महिनामा जम्मा मुद्दाको संख्या ९२ रहेको छ । जसमा २७ मुद्दा फछ्र्यौट भएको र ६५ बाँकी छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?