पाँच वर्षमा आर्थिक वृद्धिदर दोहोराे अंकको नजिकमा पुर्‍याउनेछुः प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पुर्‍याउने प्रतिबद्धता जनाउनु भएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्‍याउने बताउनुभएकाे हाे ।

यसमा सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिदै प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताउनुभयाे ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताउँदै उहाले लगानीमैत्री वातावरण निर्माण गरिने बताउनुभयाे । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैहुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?