सिपमुलक तालिमबाट महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिका भित्रका महिलालाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने भएको छ । गाउँपालिका नौवटै वडाका महिलालाई च्याउ खेती, खरायोको टोपी र सिलाइ कटाइ जस्ता सिपमुलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

गत मंसिर २५ गतेदेखी सूरु भएको एक महिने ढाका बुनाई सम्बन्धि पुनर्ताजगीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

आत्मनिर्भरका तालिमलाई महिला केन्द्रित गरेर संचालन गरेका छौ । उपाध्यक्ष बुढाले भन्नुभयो,“पालिकाका नौवटै वडाका १६ जना महिलालाई ढाका बुनाइ तालिम दिएर पठाएका छौँ । उनीहरुले राम्रोसंग सिप सिकेर गएका छन् । उद्योग तथा उपभोक्ता हित सरंक्षण कायालय जुम्ला र तिला गाउँपालिकाको साझेदारीमा तालिम दिएको उपाध्यक्ष बुढाको भनाइ छ । ” तिलाका महिलाई आत्मनिर्भर गर्नेका लागि सो तालिम दिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो । तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागु पर्ने अति आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयो ।

तालिमका सहभागी शान्ती बुढाले पालिकाले दिएको सिपमुलक तालिमलाई कार्यान्वय गर्ने हाम्रो जिम्मेवारी भएकोले अझै यहाँका महिलालाई विभिन्न प्रकारका आत्मनिर्भरका सिपमुलक तालिम दिन पालिका लाई आग्रह गर्नुभयो ।
तिलावासीका नागरिकहरुसँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम संचालन गर्नेका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकोले यहाँँका नागरिकको अपेक्षा अनुसार काम गरिने तिला गाउँपालिकाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?