मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त

Read Time = 2 mins

लिस्वेन । पोर्चुगलले बेल्जियमका पूर्वप्रशिक्षक रोबर्टाे मार्टिनेजलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई चार वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

बेल्जियमले गत महिना सकिएको फिफा विश्वकप कतार २०२२ मा राम्रो प्रदर्शन गर्न नसकेपछि राजीनामा दिनुभएका मार्टिनेजले पोर्चुगलको टोली हेर्नुहुने भएको छ । पोर्चुगल कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगलले बर्खास्त गरेको थियो । उहाँ आठ वर्ष पोर्चुगलको प्रशिक्षक रहनुभयो ।

आफ्नो टोलीको कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई नकआउटको दुई खेलमा बेञ्चमा राखेको भन्दै सान्तोसको चर्को आलोचना भएको थियो । मार्टिनेजले बेल्जियमले समूह चरण पार गर्न नसकेको भन्दै पदबाट राजीनामा दिनुभएको थियो । उहाँले त्यसअघि विगान एथलेटिक र एभर्टनको प्रशिक्षक भई काम गरिसक्नुभएको छ ।

बोस्निया एण्ड हर्जेगोभिना, आइसल्याण्ड, लक्जेमवर्ग, स्लोभाकिया र लिचेस्टाइन रहेको समूह ‘जे’ मा रहेको पोर्चुगलले मार्च २३ मा घरेलु मैदानमा लिचेस्टाइनसँग खेल्दै युरो २०२४ को छनोटको यात्रा सुरु गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?