खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

Read Time = 2 mins

काठमाडौं । दि नेपाल डिस्टिलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ ले खेल प्रवर्द्धन पनि लागेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरूको प्रवद्र्धन र खेलाडीको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टमा सहकार्य सुरु गरेको हो ।

हालै खुकुरी रमले प्रदेश १ को शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा सहकार्य गरेको थियो । गल्फ प्रवद्र्धन र खेलाडीको मनोबल बढाउन धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टिलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले बताउनुभएको छ ।

खुकुरी रमले यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत सहकार्य गरेको उहाँले जानकारी गराउनुभयो । कम्पनीको सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिका रूपमा रहेका खेलाडीको मनोबलसमेत वृद्धि हुने अधिकारीको विश्वास छ । खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगलगायत सामाजिक सेवामा समेत सहकार्य गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?