वडामै सामाजिक सुरक्षा भत्ता र योजना सम्झौता

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौता सम्मका सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त पहलमा वडा कार्यालयमा एकीकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजान सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो ।

कार्यक्रममा १५ वटा वडागत योजना सम्झौता, १५० जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अन्य समयमा लाभग्राहीहरू भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ । आफ्नौ घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुसी लागेको राजापानीका ज्येष्ठ नागरिक तुलसी बहादुर कार्कीले बताउनुभयो । वडामा भत्ता थाप्न पाउँदा सुविधै सुविधा भएको अर्का ज्येष्ठ नागरिक शिवकुमारी राईले बताउनुभयो ।

वडामै योजना सम्झौताको काम नगरपालिकाको सबैभन्दा राम्रो काम भएको र आउँदो बर्षहरूमा पनि यसरी नै वडामै योजना सम्झौता गरिदिए सजिलो र सुविधा हुने स्थानीय जसराज राईले बताउनुभयो । आफू उपभोक्ता समितिको अध्यक्ष बसेर राईले एक लाखको ‘तल्लो वेराखा सडक मर्मत’ योजना सम्झौता गर्नुभएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिक र अन्य गरी २०० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताउनुभयो । ३० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ‘क’ वर्गका आपङ्गता परिचयपत्र एक जनालाई, ‘ख’ वर्गको परिचयपत्र चार जना, ‘ग’ वर्गको परिचयपत्र दुई जना र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र एक जनालाई वितरण गरिएको नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख विजय विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाको ‘बालिका विकास बचत’ कार्यक्रमअन्तर्गत सालपा विकास बैंकमा मुद्दती खाता खोली नियमानुसार जम्मा भए अनुसारको १७ जनामध्ये १० जना बालिकाको आमालाई बैंक भौचर वितरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?