एकीकरणका हिमायती पृथ्वीनारायण

विश्वनाथ खरेल
Read Time = 13 mins

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले बाईसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरूलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । मूलतः भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यसैगरी एकीकरणको क्रममा विक्रम सम्बत् १८०० मा राज्याभिषेकपछि १९ वर्षको उमेरमै एकीकरणको अभियान थाले । सर्वप्रथम विक्रम सम्बत् १८०१ असोज १५ गते नुवाकोटमाथि आक्रमण गरी एकीकरण आरम्भ गरे ।

विक्रम सम्वत् १८११ साउन २१ गते नगरकोट र दहचोकमाथि आक्रमण गरेका उनले त्यसपछि विशाल मकवानपुर राज्यमाथि आक्रमण गर्दा ठूलो संघर्ष गर्नुपर्‍यो । त्यसपछि उनले विक्रम सम्वत् १८२२ चैत ३ गते कीर्तिपुरमाथि आधिपत्य जमाए । कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगार्थ अंग्रेजी फौज आएको थाहा पाएपछि गोरखाली सेनाले सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गर्‍यो । त्यस युद्धमा हजारौँले मृत्युवरण गरे भने कति ज्यान जोगाएर भागे । यसरी विक्रम सम्बत् १८२५ असोज १५ गते काठमाडौं उपत्यकामाथि गोरखाली फौजले सजिलैसित विजय प्राप्त गर्‍यो ।

फलतः पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपर रूपमा आधुनिक नेपालका निर्माता हुन् । उहाँको सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने मौसुफ, सरकार एकमात्र ठूला तपस्वी हुन् । एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामाना गर्नु परे तापनि क्रमशः एक-एक खुड्किला पार गर्दै जानु मौसुफको अदभ्य साहस र तीव्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरूको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रिनिर्माता पृथ्वीनारायण शाहतर्फ उन्मुख हुन्छ । उहाँको विराट व्यक्तित्व र मौसुफका अमूल्य भावनाहरूको चर्चा नेपालीहरूले जति गरे पनि थोरै नै हुन्छ ।

नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्य राख्ने पृथ्वीनारायण र उहाँका उत्तराधिकारी राजाहरूबाट ब्रिटिश भारतको जङगुलबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनु पर्‍यो । मुलुक आधुनिक युग सुहाउँदो उपवन भई प्रत्येक फूलको रूप, सौरभको विकास सँगसँगै यी विकसित हुनैपर्छ ।

पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा विभाजित राज्यलाई एक सूत्रमा आबद्ध गरी नयाँ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न विषयमा नीति निर्धारण गरेका थिए, जुन कुरामध्ये धेरैजसो कुरा आजसम्म हाम्रो सामु टड्कारो रूपमा सान्दर्भिक रहेको पाउँछौं । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रको रूपमा खडा गराउने महान् कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ ।

नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्य राख्ने पृथ्वीनारायण र उहाँका उत्तराधिकारी राजाहरूबाट ब्रिटिश भारतको जङगुलबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनु पर्‍यो । मुलुक आधुनिक युग सुहाउँदो उपवन भई प्रत्येक फूलको रूप, सौरभको विकास सँगसँगै यी विकसित हुनैपर्छ । राजाको सक्रिय एवं सबल नेतृत्व पाएर नेपाली जनताले कठिनभन्दा कठिन कार्य गर्न सदा अधि सरेको कुरा प्रत्येकले राम्ररी जान्दछ । आफ्नो वीरताको लागि संसार प्रसिद्ध भएको उदाहरण पनि यस्तै कठिन र भयावह परिस्थितिको सफलतापूर्वक सामना गर्न सकेकाले नै प्रस्तुत भएको हो । छिमेकी विशाल देशहरू भारत र चीनलगायत अरू वरपरका कतिपय देशहरूलाई आफ्नो अधिनमा पार्न सक्ने अत्यन्त शक्तिशाली ब्रिटिश साम्राज्यवादसँग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्वमात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र विकासमा समेत क्रियाशील रहे । जब एसियाको यस भूभागमा तमाम राज्य रजौटाहरू एकपछि अर्को विदेशी सत्ताको सामुन्ने नतमस्तक भई आत्मसमपर्ण गर्नु बाध्य भइराखेका थिए ।

देशका विभिन्न जनजाति, समुदाय, भाषाभाषी र भेषभूष भएका सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा संगठित राख्ने शक्ति राजामा नै केन्द्रित छ । कसैलाई काखापाखा नगर्ने सबैलाई समान व्यवहारजस्ता सुकार्य उहाँको उदयकालदेखि नै भइरहेको छ । नेपालको इतिहासमा उहाँको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । राष्ट्र निर्माता पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट वर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौँ । नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएको कारणबाट यहाँ जाति, धर्म र सम्प्रदायका बीचमा कहिले पनि झैझगडा र मनोमालिन्य भएको घटना त्यति देखिएको छैन ।

नेपालको ऐतिहासिक पृष्ट भूमिलाई पल्टाएर हेर्ने हो भने यो देशमा लिच्छवि कालीन युगका राजा अंशुबर्माका पालालाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यही सत्यतालाई नेपालका पूर्वजहरूले अँगाल्दै आउँदा बीचमा केही समय बाईसी-चौबीसी राजा रजौटाहरूले मुलुको स्वतन्त्र अस्तितवलाई खल्बलाउने प्रयत्न गरे तापनि त्यस्तो प्रयास निस्फल हुन गयो । मूलतः पृथ्वीनारायण शाहले टुक्रिन लागेका भूभागलाई एक सूत्रमा बाँध्ने अभिलाषाले बाइसी चौबीसी राजाहरूको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झण्डामुनि एउटै राजाको नेतृत्वबाट सञ्चालित राज्य व्यवस्थाको धोषणा गरिबक्सि आज विश्वको सामु नेपालको शिर झुकाउनु परेको छैन ।

यसर्थ पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमै बिते तापनि उनले शासन सुधार्ने र जनतालाई सुख सुविधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । यसरी जातीय तथा वर्गीय भेदभाव नराखी सवै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिला सम्बन्धमा अत्यन्त सचेत र दूरदर्शी भएको प्रष्ट हुन्छ । आज नेपालले जुन असंलग्न परराष्ट्र नीति अपनाइरहेको छ त्यसको आरम्भकर्ता उनी नै हुन् ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू एकाइसौं शताब्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्दर्भिक भएको छ । मौसुफले छिन्नभिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर आज तीन करोडभन्दा बढी नेपालीहरूले विश्वमै आफ्नै छात्ती फुलाउने अवसर प्राप्त गर्ने श्रेय नै मौसूफको दुदृष्टि मान्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा पृथ्वीनारायण शाहका दिव्य उपदेश एकाइसौं शताब्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्र्दभिक भएको छ । मौसुफले छिन्नभिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर आज तीन करोडभन्दा बढी नेपालीहरूले विश्वमै आफ्नै छात्ती फुलाउने अवसर प्राप्त गर्ने श्रेय नै मौसूफको दुदृष्टि मान्न सकिन्छ । यस्ता परम भक्त, योद्धा, लडाकु, कुशल राजाको यस धर्तीमा बिराजमान भएको हुनाले नेपाल र नेपालीले विश्वमान चित्रमा आफ्नो देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् ।

यस्ता महानपुरुषलाई दिलैदेखि हर्षित भई विभिन्न कार्यक्रम साथ तीन सयौं राष्ट्रिय एकता दिवस यही पुस २७ गते नेपाल अधिराज्यभरि धुमधामसाथ मनाउने कार्य गरिन्छ । अतः पृथ्वीनारायण शाहले हिमवत् खण्डका ससाना हिन्दू राज्यहरूको एकीकरण गर्नमा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा पूर्वमा टिष्टा र पश्चिममा सीमलासम्मका संकटमा पर्न लागेका ५४ भन्दा बढी हिन्दू राज्यहरू एकीकरण गरेर विशाल नेपालको सिर्जना भई विश्वको एकमात्र हिन्दू अधिराज्यका रूपमा स्थापित हुन सकेको हो । यस कारण उनी राष्ट्र निर्माता हुन् ।

यसर्थ लामो समयदेखि मुलुकले उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएको केही वर्षसम्म औपचारिक रूपमा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो तर नयाँ संविधान जारी भएपछि सरकारले विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउन थालेको छ । अतः पृथ्वीनारायण शाहको नेतृत्वले गर्दा चन्द्र-सूर्य अंकित झण्डा फहराएर हिमवत् खण्डको मौलिकतालाई जीवन्त राखियो । यसरी पृथ्वीनारायण शाहबाट भएका त्याग र बलिदानबाट नेपालको एकीकरण जसरी भयो त्यसरी नै हामी नेपालीहरूले यो राष्ट्रको संरक्षणमा समर्पित हुनसक्नुपर्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti
Ninam Lowatti
2023-01-11 10:15 am

भनेपछि यो लेख केही दैनिक र…मा देखे, पढेपछि पृना शाहको गुणगान मात्रै गाएको, कमी कमजोरी चाहिँ नदेखाएको लेख भए…एकै व्यक्तिले लेखेको, एउटै लेख…शीर्षक मात्रै…गरेर धेरै ठाउँ पठाए पनि सो लेख सबै ठाउँमा छापिने रहेछ भन्ने…भयो !? पृना शाह ज्युको कमी कमजोरी चाहिँ बिरालाले बिष्टा लुकाएभैmँ…

रिलेटेड न्युज

छुटाउनुभयो कि ?