शिक्षाको मूल प्रवाहमा ल्याउन सडक बालबालिकालाई विद्यालयमा पठाइने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा सडक बालबालिकाहरूलाई शिक्षाको मूल प्रवाहमा ल्याउन विद्यालय पठाउने निर्णय गरिएको छ ।

विगत चार महिना अघि जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा स्थापना गरिएको मिनी होस्टेलमा बस्दै आएका १८ जना सडक बालबालिकाको आचरण सुधारआएपछि विद्यालय पठाउने निर्णय गरिएको हो ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले मिनी होस्टेलमा बस्दै आएका बालबालिकाहरूलाई जिल्लाको सदरमुकाम तम्घासमा रहेका विभिन्न विद्यालयमा अध्ययनका लागि पठाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी सिर्जना मिश्राले जानकारी दिनुभयो ।

निमित्त समन्वय अधिकारी मिश्राका अनुसार मिनी होस्टेलमा बस्दै आएका बालबालिकामध्ये महेन्द्र नमुना माध्यमिक विद्यालयमा सात जना, सिद्धबाबा माध्यमिक विद्यालयमा तीन जना, उपल्लो तम्घास माध्यमिक विद्यालयमा तीन जना, रेसुंगा माध्यमिक विद्यालयमा तीन जना, समता स्कुल र बालमन्दिरमा एकरएक जनाले अध्ययन गर्ने गरि व्यवस्थापन गर्ने निर्णय गरिएको छ । सडक बालबालिकाहरुको अहिले आचारण परिवर्तन भएसँगै सामान्य अवस्थामा फर्किएकाले शिक्षाको पहुँचमा ल्याउन यस्तो निर्णय गरिएको बताइएको छ ।

मिनी होस्टेल जिल्लास्थित जिल्ला समन्वय समितिकोे नेतृत्वमा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला स्वास्थ्य कार्यालय, पत्रकार महासंघ, इस्मा, धुर्कोट, मदाने र मालिका गाउँपालिकाको संयुक्त लगानी र महेन्द्र माध्यमिक विद्यालयको सहयोगमा सञ्चालन गरिएको थियो ।

आचरण सुधारका लागि मिनी होटस्लमा बस्दै आएका बालबालिकालाई अहिले शिक्षाको मूल प्रवाहमा ल्याउन विभिन्न विद्यालयमा अध्ययन गर्ने गरी व्यवस्थापन मिलाइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । अभिभावक विहिन बालबालिकाहरुलाई कम्तीमा एसईई सम्मको शैक्षिक संरक्षण र वृद्धि विकास कार्यको व्यवस्थापन तम्घासभित्र रहेका विद्यालयले गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय उमेर समूहका बालबालिकामा बढ्दो लागू औषध दुव्र्यसन र कुलत जस्ता नराम्रा व्यवहारको बारेमा आएको जनगुनासोप्रति नगरपालिका निराकरणको लागि गम्भीर भई लागेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?