पाहुनालाई लोभ्याउँदै होमस्टे

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे संचालन हुन थालेका छन् । पर्यटक पुग्ने क्रम बढेसँगै कुइभिर पाटेनागी क्षेत्रका गाउँमा स्थानीयले होमस्टे संचालन गरि आम्दानी लिन थालेका हुन् ।

पाटेनागीको अग्लो डाँडोमा उभिँदा एकातिर पहाडका तरेलीसँगै हिमशृंखलाको आकर्षण त अर्कोतिर पूर्वी पहाडका अग्ला डाँडासँगै ग्रामीण बस्ति नियाल्न सकिन्छ । इलाम नगरपालिका–३ स्थित पाटेनागी छेउको चिटिक्क परेको बस्ती छ ।

सोहि बस्तिमा स्थानीयलाई यतिबेला पाहुनाको सत्कार गर्न भ्याइनभ्याइ छ । चासो बढ्दै गएपनि यहाँ आगन्तुकलाई त्यसको पर्वाह हुन्न । बरु होमस्टेमा बसेर आसपासका रमणीय दृश्य नियाल्दै रमाउँछन् । सूर्योदय र मनोरम हिमाली दृश्य नियाल्न सकिने हुनाले पछिल्लो पटक पाटनागिमा पर्यटकहरू आउने क्रम बढ्दै गएको देवेन्द्र मुखियाले बताउनुभयो ।

पाटेनागी पुग्ने पर्यटकहरुले बाससँगै रातिको क्याम्प फायरको मजा लिन सक्नेछन् । इलाम बजारबाट मेची राजगमार्ग समाएर एक घण्टाको यात्रापछि पाटेनागीका पर्यटकहरु बस्ने सुनुवार गाउँ पुगिन्छ ।

मेचीराजमार्गबाट ७ किलोमिटरको यात्रापछि पाटेनागी गुगिन्छ । पाँचथर र इलामको सिमाना भएर निर्माण गरिएको कच्ची सडकमा सवारीसाधनबाट समेत त्यहाँ पुग्न सकिन्छ । धेरैजसो पैदल हिंडेरै होमस्टेमा बासबसि पाटेनागी पुग्ने गरेका छन् ।

प्राकृतिक रमणीयतामा भुल्नकै लागि पर्यटकहरु यहाँ आउने गरेका छन् । पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको पाटेनागी समुद्र सतहदेखि ३ हजार ६ सय ६ मिटरको उचाइमा रहेको छ । महाभारत पर्वत शृंखलाअन्तर्गत अग्लो डाँडा पाटेनागी लौहाकील भएर पदमार्ग समेत निर्माण गरिएकाले पर्यटनकको आकर्षण रहेको इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो ।

पाटेनागी नजिकको वनमा विभिन्न प्रजातिका चरा, वन्यजन्तु तथा वनस्पति पाइन्छ । पाटेनागी पुगेका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरि कोसेली समेत लाने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?