लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी दाबी पेश गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गर्नभएका छ । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ ।

गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लाग्नुभएको हो । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।

लुम्बिनीमा प्रदेश प्रमुख शेरचनले २७ पुस ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । यहाँ एमालेका २९, माओवादीका १० (एक स्वतन्त्र माओवादीमा प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका ४/४ चार तथा जसपा र जनमत पार्टीका ३/३, स्वतन्त्रबाट २, कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?