साझा न्यूनतम कार्यक्रम बनाएर प्रदेशको विकासलाई अगाडि बढाउने सुदूरपश्चिम नवनियुक्त मुख्यमन्त्री रावलको प्रत्तिवद्धता

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार एमाले संसदीय दलका नेता समेत रहनुभएका रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । रावल एमाले संसदीय दलको नेता समेत हुनुहुन्छ । उहाँ कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि रावलले सुदूरपश्चिमको समग्रविकासका लागि महत्व पूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले सत्तासिन सबैदलको सहकार्यमा साझा न्यूतम कार्यक्रम बनाएर प्रदेशको विकासलाई अगाडी बढाउने बताउनु भयो ।

उहाँले सुदूरका धार्मिक तथा पर्यटकीय क्षेत्र मार्फत आर्थिक सवलकरण गर्ने बताउनु भयो । प्रदेश प्रमुखको कार्यालयले भोली (विहिवार) मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणको कार्यक्रम राखेको छ । वुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको भएपनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिलो गरेको थियो ।

रेशम चौधरीको रिहाइ सहितका मुद्दा सम्बोधनमा गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा समर्थन गरेको थियो ।

रावल मुख्यमन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको गठबन्धन सरकार बन्ने निश्चित भएको छ । सत्ता गठबन्धनसँग २९ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

गठबन्धनमा नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेश सभा सदस्य रहेका छन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?