भोजपुर कारागारका कैदीबन्दीका लागि शिविर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुर कारागारमा बन्दी बनेका कैदीबन्दीहरूका लागि स्वास्थ्य शिविर संचालन गरिएको छ ।

कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यलय भोजपुरको समन्वय तथा भोजपुर अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर कारागारमा संचालन भएको हो । शिविरमा ९१ जना कैदीबन्दीहरुको स्वास्थ्य परिक्षणका साथै ल्याव टेष्ट, ईसिजी लगायतका सेवाहरु समेत प्रदान गरिएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ ।

शिविरमा कारागारका सम्पुर्ण कैदीबन्दीहरूलाई जुकाको औषधी खुवाउनुका साथै ३५ प्रकारका आवश्यक औषधीहरू समेत वितरण गरिएको छ। कारागारमा गरिएको शिविर प्रभावकारी देखिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?