काठमाडौं । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट २५-११ ले जित्यो भने दोस्रो सेट २५-१० को जित निकाल्यो । त्यस्तै, खेलको तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्यो ।
यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो । त्यस्तै, महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले एभेरष्ट भलिबल क्लबमाथि २५-७, २५-१० र २५-१२ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो ।
यस्तै, एपिएफले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित ग¥यो । एपिएफले गण्डकीमाथि २५-१५, २५-१० र २५-११ अंकको जित निकालेको हो । नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५-१२, २५-२० र २५-११ ले पराजित गर्दै ६ अंकका साथ अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको छ ।
यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुनमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि आठ पुरुष र ६ महिला क्लब छनोट हुनेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका