राजवंशीलाई महालक्ष्मीको ५० हजार छात्रवृत्ति

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगञ्ज कक्षा ८ मा अध्ययनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सात वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गर्नुभएको हो ।

अध्ययनमा उत्कृष्ट तर आर्थिक अवस्था कमजोर भएकाले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?