कैलाली । कैलालीका चार क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । जिल्लामा अनुमति नलिई, कागजपत्र नभएका र अनुमति पाएको भन्दा अन्य प्रशोधन गरेका चार उद्योगबन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।
कैलालीको गोदावरी नगरपालिकामा संचालित श्रीपुर विल्डर्स प्रा.लि. धनगढी उपमहानगरपालिकाको उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स प्रा.लि. बेहडाबाबा प्रशोधन उधोग र गोदावरीको शिवशक्ति बालुवा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिईएको जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयाे ।
श्रीपुर विल्डर्स प्रा.लि. मार्फत संचालित कालिका कन्सट्रक्सन कम्पनीको क्रसर अनुगमनका क्रममा पेश भएका कागजपत्रका आधारमा अनुमति लिएर सञ्चालनमा रहेको नदेखिएकोले बन्द गरिएको हो भने उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स प्रा.लि. ले क्रसर तथा बालुवा प्रशोधन उद्योग र शिवशक्ति वालुवा प्रशोधन केन्द्रको दर्ता सम्बन्धी कुनै पनि कागजपत्र नभेटिएको तथा भ्याटमा समेत दर्ता नभई विना विल विजक कारोवार गरिरहेको भेटिएको थियो ।
यस्तै बेहडाबाबा वालुवा प्रशोधन उद्योगले वालुवा प्रशोधन सम्बन्धी अनुमति लिएको तर क्रसर समेत सञ्चालन गरेको पाईएकोले हाललाई सञ्चालनमा रोक लगाईएको प्रशासनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच