नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनु भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा धनुषामा रहनु भएको डीआइजी महाउद आलम खाँलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको जिम्मेवारी पाउनु भएको छ भने अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाउनु भएको छ ।

प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाउनु भएको छ । यसरी गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङलाई दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?