युक्रेन हमला : पुटिनले नियुक्त गरे नयाँ कमान्डर

Read Time = 1 min

मस्को । युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रतिस्थापन गरेको घोषणा गरेका छन् ।

जनरल भ्यालेरी गेरासिमोभले सुरोभिकिनको स्थान लिनेछन् । भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले चिनिन्छन् । देशको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम अकाउन्टमा यो घोषणा गरेको हो ।

‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।
एजेन्सी
 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?