रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ गराउनु भएको हो । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।
शपथसँगै मुख्यमन्त्री गिरीले दुई जनालाई बिना विभागिय मन्त्री नियुक्त गर्नुभएको छ ।
नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री बन्नुभएको छ ।
बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त हुनुभएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिनु भएकाे हाे।
मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो । मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उहाँहरुले जिम्मेवारी पाउनु हुनेछ ।
मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँड्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका