कर्णालीका मुख्यमन्त्री शर्मा र दुई मन्त्रीले लिए शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनियुक्त मुख्यमन्त्री  शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र) का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताउनु भयो । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।

कर्णालीमा मन्त्रालयको संख्या सात बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीनवटा मन्त्रालय लिने सहमति भएको छ ।

शर्मालाई माओवादीका १३,एमालेका १०, एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना प्रदेशसभा सदस्य आवश्यकता रहेको थियो । शर्माको पक्षमा २५ जना प्रदशसभा सदस्यको समर्थन रहको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?