सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो, आदेशको पर्खाइमा

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन इजलासमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

बिहीबार सुनुवाइ सकिएपछि अब सो निवेदनमाथि उच्च अदालतको आदेश आउनेछ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सो निवेदनमाथि सुनुवाइ भएको हो । लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गर्नुभएको छ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीपले उच्च अदालत गुहारेका हुन् । यसअघि ३ पटक पेशी चढेर पनि सुनुवा‍इ भएन ।

नाबालिगमाथि बलात्कार गरेको मुद्दामा सन्दीप हाल पुर्पक्षका लागि थुनामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?