टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो ।

ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?