पशु बीमा सम्बन्धी सम्झौता

Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमा सम्बन्धी सम्झौता गरिएको छ । रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष ०७९/०८० को लागि स्वीकृत कार्यक्रम अनुसार यस नगरपालिका अन्तर्गतका सबै वडाहरुमा रहेका पशुहरुको बीमा गरिएको हो ।

यहाँ रहेका गाई, भैंसी, बाख्रा भेडाहरुको पशु बीमा गरिएको हो । सम्झौता अनुसार प्रति गाईर भैसी बीमाको लागि रेसुङ्गा नगरपालिकाले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने छ । बाँकी रकम स्वयं किसानबाट नै उठाउनु पर्ने सम्झौतामा उल्लेख छ ।

कृषकहरुको सहजताका लागि नगरपालिकाले पशु बीमा कार्यक्रम ल्याएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेड गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपाने र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, तथा पशु शाखा प्रमुख रुमाखर मरासिनीबीच हस्ताक्षर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?