म्याग्दीमा सातौं म्याग्दी महोत्सव सुरु (तस्वीरमा हेर्नुहोस्)

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सातौं म्याग्दी महोत्सवको सुरु भएको छ ।

बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि तिमिल्सिनाले महोत्सवले आर्थिक तथा कला र संस्कृतिको जर्गेना गर्ने बताउनु भयो ।

महोत्सवको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले कृषि, पर्यटन र जलविद्युत म्याग्दीको प्रमुख आधार भएकाले आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी तथा सरकारी निकायको बलियो सहकार्य आवश्यकता रहेको बताउनु भएको थियो ।
कोरोना, आर्थिक मन्दी लगायतका कारण आर्थिक क्षेत्रमा परेको प्रभावलाई मध्यजनर गरी राहत तथा सहुलीयतका योजनाहरु ल्याउनुपर्नेमा जोड दिइएको थियो ।


महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषा सहित बेनीबजार परिक्रममा गरिरएको हो । महोत्सवलाई लक्षित गरी बेनीबजारलाई बेहूली झै धपक्क सिंगारिएको छ ।

बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको हो ।
विगतमा कोरोना भाइरसृका कारण महोत्सव स्थगित भएकोमा यसपटक सहज वातावरण भएकाले आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा भेषभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष कुटवालको भनाई छ । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ।

यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा ¥याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको महासचिव अमित बानियाँले बताउनु भयो।

यसपटकको महोत्सवमा जिल्लाभित्रका विभिन्न जातिय संघसंस्थाको उत्साहजनक उपस्थिती रहेको थियो ।

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन् भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?