प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

Read Time = 1 min

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराउनुभयो ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

उहाँले प्रदेशसभाबाट निर्वाचित सभामुख गौतमलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८ बमोजिम शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी लगायतको उपस्थिति थियो ।

सभामुख गौतमले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?