डिजी पेमा आबद्धलाई डिजिटल मार्केटिङमा छुट

Read Time = 2 mins

काठमाडौं । डिजी पे प्रालि र २१औँ टेक प्रालिबीच सहकार्यका लागि सम्झौता भएको छ । डिजी पे बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने एक संस्थासँग सहकार्यका लागि सम्झौता गरेको हो ।

सहकार्यअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायीले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ । २१औँ टेक प्रालिको सौजन्यमा ३० हजार पर्ने प्रिमियम प्याकेजमात्र १५ हजारमा साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवामा आफ्नो व्यावसायिक आवश्यकताअनुसार ५० प्रतिशतसम्म छुटमा बनाउन सकिने कम्पनीले जनाएको छ ।

२१औँ टेक प्रालिका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार सहकार्यले सबै डिजी पेमा आबद्ध व्यवसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी दिने अवसर तथा व्यावसायिक लाभ हुनेछ ।

त्यस्तै, डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले सहकार्यमार्फत् आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताउनुभयो । सम्झौतापत्रमा २१औँ टेक प्रालिका प्रमुख कार्यकारी अध्यक्ष दाहाल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?