चैतमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

Read Time = 3 mins

काठमाडौं । यस वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हरेक वर्ष आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय व्यापार मेला कोरोनाका कारण दुुई वर्ष आयोजना हुन नसकेको भन्दै यस वर्ष भने आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले व्यापार मेलाका लागि स्टल बुकिङसमेत खुला गरेको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो । यसपटकको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानको पनि सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा नेपाली हस्तकला र एनटिआइएस उत्पादनका साथै मेड इन नेपालका वस्तुका स्टल रहने बताइएको छ ।

यस वर्ष पहिलोपटक महासंघका एक सय २३ सदस्य वस्तुुगत संघका उत्पादन तथा सेवाको विशेष प्रदर्शनीसमेत हुने महासंघले जनाएको छ । नेपाल सरकारको सहयोग तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना हुन लागेको हो । तीन सयभन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित चीन, कोरिया, जापानलगायतका देशबाट क्रेता आउने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायतका छुट्टाछुट्टै स्टल रहने बताइएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?