विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैनः उपप्रधानमन्त्री श्रेष्ठ (भिडियाेसहित)

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिनुभएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह गर्नुभयो । उहाँले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाईसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यक्तालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला । राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनाैँ । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नुभएन । के सहयोग चाहिन्छ त्यो सम्बन्धित निकायमा प्रश्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।’

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनु भयो । उहाँले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मतसम्भार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ । हामीले कति खाल्डोहरु छन् भनेर नियालीरहेका छौँ । राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ । सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूर सञ्चारको कामहरु छ, एकीकृत ढंगले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस् । खनिएको ठाउँमा पुनःस्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बेठक गरेका छौँ । हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौँ । राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन् ।’

उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडडको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताउनु भयो । उहाँले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?