चितवनमा ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो सम्पन्न

Read Time = 2 mins

चितवन । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सिजी ल्यान्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेलको सहभागिता थियो ।

रिलिजको पूर्वसन्ध्यामा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । प्रिमियर शोमा जिल्लाका बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त बन्दै गएकोले नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता भइरहेकाले नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रिमियर शो कार्यक्रमको आयोजना गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले बताए । आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए ।

लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?