बाग्मती प्रदेशको सभामुखमा पाठक निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित हुनुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनबाट पाठक सभामुखमा निर्वाचित हुनु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनुभएका पाठकले ६२ मत पापाउनु भएको छ भने विपक्षमा ४९ मत परेको छ  ।  यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।  पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।

बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । दुवै उम्मेदवार अस्विकृत भए पछि भएको मतदान प्रक्रियाबाट पाठक सभामुखमा निर्वाचित हुनु भएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?