एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसालले भन्नुभयो : कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ यही हो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लामो समय नेकपा एमालेमा रहेर राजनीति गर्दै आउनु भएको नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा समाहित हुनु भएको छ ।

गत मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि एमाले परित्याग गरेर स्वतन्त्र उम्मदेवारका रुपमा चुनाव लड्नु भएको भुसालले अन्तत एकीकृत समाजवादी रोज्नुभएको छ ।

एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उहाँले शुक्रबार पत्रकार सम्मेलन गरी बताउनु भएको छ

‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उहाँले भन्नुभयो । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको भुसालको भनाइ छ ।

भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने समेत बताउनु भयो। उहाँले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाउनु भयो ।

भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?