लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, २ माघमा प्रदेशभर सार्वजनिक विदा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ ।

यहीँ माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो । माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेश मासार्वजनिक विदा समेत दिएको छ ।

माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम,२०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लिला गिरीले सचिवहरुलाई निर्देशन दिनुभएको छ  ।

मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा.दिपककाफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाकाबारेमा जानकारी गराउनु भएको थियो । बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो ।

मन्त्रालय र मातहतका कार्यालयहरुबाटहुने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरुलाई निर्देशन दिनुभयो ।

माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाईउत्कृष्टताका आधारमा प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्नेगरी तयारीभइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । महोत्सवका लागि मुल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु समेत गठन गरिएको छ ।

माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटामगर झाँकी र १÷१ वटा गुरुङ्ग र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीकोप्रस्तुती गर्ने टोलीलाई प्रति टोली जम्मा २० हजार रकम यातायात खर्च बापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको सचिव धमलाले बताउनुभयो ।माघ १ गते योग र २ गते भुकम्प सुरक्षा दिवस मनाइने यसैगरी लुम्बिनी प्रदेश सरकारले यहीँ माघ १ गतेका दिन योग दिवस मनाउने भएको छ ।

योग, बैकल्पिक चिकित्सालगायतको प्रवद्र्धनका लागि प्रदेशमा विभिन्न कार्यक्रम समेत गरिने भएको छ । यसैगरी माघ २ गते नै भुकम्प सूरक्षा दिवस समेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?